काठमाडौँ, माघ २७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ९२ पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।
युरोपियन यूरो एकको खरिददर १७१ रुपियाँ ९३ पैसा र बिक्रीदर १७२ रुपियाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ३१ पैसा र बिक्रीदर १९८ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ७९ पैसा र बिक्रीदर १८८ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ८० पैसा र बिक्रीदर १०२ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ २० पैसा र बिक्रीदर १०६ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ १४ पैसा र बिक्रीदर ११४ रुपियाँ ६१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६४ पैसा र बिक्रीदर ३८ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६५ पैसा र बिक्रीदर ३९ रुपियाँ ८१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ३९ रुपियाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६ रुपियाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८८ पैसा र बिक्रीदर नौ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ११ पैसा र बिक्रीदर १६ रुपियाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०२ पैसा र बिक्रीदर २३ रुपियाँ ११ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५४ पैसा र बिक्रीदर १८ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ३७ पैसा र बिक्रीदर ४७६ रुपियाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ४० पैसा र बिक्रीदर ३८५ रुपियाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ४४ र बिक्रीदर ३७८ रुपियाँ रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस