• २७ माघ २०८२, मङ्गलबार

डडेलो लगाउने महिला पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, माघ २७ गते ।
पुतलिबजार नगरपालिका वडा नं –८ थाम्काभिर  खरबारीमा डडेलो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डढेलो लगाएको आशङ्कामा स्थानीय ४५ वर्षीया जमुना कुवरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेको कुवरलाई थप अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो ।

आगोलागी हुनासाथ जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट गएको टोलीले प्रहरी अधिकृत सहितको टोलीले एक घण्टामा आगो नियन्त्रणमा दिएको थियो ।