• २७ माघ २०८२, मङ्गलबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

blog

लीलाराज खड्का
बिर्तामोड, माघ २७ गते । 
झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् ।

यही माघ २४ गते राति बुद्धशान्ति २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे. १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ६ का ३५ वर्षीय प्रविण आङदेम्बे र सोही मोटरसाइकलमा सवार पाँचथर फाल्गुनन्द ७ घर भई हाल बिर्तामोड १ बस्ने ४८ वर्षीय हरि आङदेम्बे घाइते हुनुभएको थियो ।

घाइते दुबै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा सोमबार मोटरसाइकल चालक प्रबिण आङदेम्बेको मृत्यु भएको हो ।

मृतकको शव सोही अस्पतालमा रहेको झापा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्का घाइते बीएण्डसीमा उपचाररत रहेका छन् । मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक मेचीनगर २ का वीरबहादुर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।