• २७ माघ २०८२, मङ्गलबार

जैमिनीमा जिप दुर्घटना, सहचालक घाइते

blog

नवराज नेपाली

बागलुङ (गलकोट), माघ २७ गते । बागलुङको जैमिनी नगरपालिका–४, सर्कुवामा पीकअप जिप दुर्घटना हुँदा सहचालक घाइते भएका छन् । बेलबगरदेखि सर्कुवा जाँदै गरेको लु. ०१००१ च. ३०५९ नम्बरको पिकअप जिप दुर्घटना हुँदा सहचालक जैमिनी नगरपालिका–४ का २० वर्षीय सुनिल नेपाली घाइते भएको प्रहरी चौकी कुश्मीसेराका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो।

पाण्डेका अनुसार घाइते नेपालीलाई थप उपचारका लागि पोखरा लगिएको छ । उहाँको खुट्टामा चोट लागेको छ । रातको करिब ११ बजेको समयमा रोकिराखेको अवस्थाको पिकअप जिप सडकदेखि करिब ५० मिटर तल खसेर रुखमा अड्किएको थियो ।