धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाका ४६ वटा सामुदायिक वनलाई समेटेर ‘वन उद्गम सहकारी’ बनाइएको छ ।
शर्मिला बर्देवा र प्रमोद शर्माको आवाजमा ‘खै त मायाले कुरा बुझेको’ बोलको गीत सार्वजनिक भएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ सम्पन्न भएको छ । उत्सवका संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताउनुभयो ।
नेपाली खाना प्रवर्धन गर्न असार १५ गते राजधानीमा सङ्गीतसहितको ‘भोजनलिपि स्वाद–४’ को आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धन अभियानद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सेफ घनश्याम कँडेलले धान दिवसको अवसर पारेर नेपाली कृषकले उत्पादन गरेका दुधजन्य र हरिया फलफूल, चामललगायतका पदार्थ मिसाएर मौलिक खानाको कलात्मक प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।
साहित्यकार सुवर्णकेशरी चित्रकार र गायक जुजुकाजी रञ्जितले गणेश देवी स्मृति पुरस्कार–२०८२ प्राप्त गर्नुभएको छ ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब ६६ करोड ९७ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ३९ अर्ब ४८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका अधिकांश उद्योग नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय पुनरवलोकनका लागि आवदेन दिएका छन् । प्राधिकरणले गत वैशाख ३० गते सूचना प्रकाशन गरी जेठ मसान्तभित्र प्राधिकरणको सम्बन्धित शाखा कार्यालयमा आवदेन दिन समयसीमा दिएको थियो ।
हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । उनापानीको औलवस्तिमा आइतबार रातिबाट सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
पछिल्लो समय ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले असारका लागि पनि घटाएका छन् ।
उमेर नपुगी ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र लिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी निकायमा करार सेवाका कर्मचारी राख्ने व्यवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जातीय भेदभाव तथा छुवाछूतविरुद्ध लड्न वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा भएको छ । ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनले २१ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेको हो ।