१. साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ? भारत – उपविजेता : बङ्गलादेश – सञ्चालन मिति : २०८२ माघ १७–२४
नेतृत्व शैलीका प्रकार १. नेतृत्व शैली भनेको के हो ? नेतृत्व शैलीका प्रकारबारे चर्चा गर्नुहोस् । नेताले आफ्ना अनुयायीलाई प्रभावित गर्न प्रदर्शन गर्ने व्यवहार वा कार्यशैलीलाई नेतृत्व शैली भनिन्छ । यसमार्फत नेताले अनुयायीलाई प्रेरित गर्ने, निर्देशित गर्ने, आकर्षित गर्ने, निर्णयमा सहभागी गराउने, ल
र्यपालिका कार्यालय भवन जेनजी आन्दोलनमा ध्वस्त भएपछि पोखरा महानगरपालिकाले वडा नम्बर ९, नयाँबजारको राष्ट्रिय वाणिज्य बैंकको भवनबाट सेवा दिन थालेको छ ।
लमजुङको मध्यनेपाल–७, करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी तीव्र भएको छ । महाशिवरात्रि पर्वका अवसरमा लाखौँ दर्शनार्थीको भिड लाग्ने ईशानेश्वर महादेव मन्दिरमा मेला व्यवस्थापनका लागि तयारी भएको हो ।
स्वागतम ! स्वागतम !! सहाराको स्वागतम् आहा रारा गोल्ड कपमा ।। खेल नै जीवन हो, जीवन नै जगत्लाई, सहारा नै खेलको बुझौँ अभियानलाई ।।
कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्री’ लोकार्पण गरिएको छ । राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले संयुक्त रूपमा कवितासङ्ग्रह लोकार्पण गर्नुभयो ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ ।
किसान सूचीकरण कार्यक्रम अन्तर्गत हाल झन्डै २४ लाख किसान सूचीकृत भएका छन् । उक्त कार्यक्रम अन्तर्गत देशभर २३ लाख ८३ हजार १३ किसान सूचीकृत भएको कृषि सूचना केन्द्रले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ६३ पैसा र बिक्रीदर १४५ रुपियाँ २३ पैसा तोकिएको छ ।
अप्पर रिचेत हाइड्रोपावर प्रालिले दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनाका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि विश्व बैङ्कले सात अर्ब २५ करोड रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत गरेको छ । बैङ्कको कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो स्वीकृति दिएको हो ।
लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मसौदा तयार पारेको जानकारी दिनुभयो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो । विष्टले पदीय मर्यादाविपरीत भ्रष्टाचार गरी एक करोड ९७ लाख रुपियाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ ।
काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकको मोडबाट दुर्घटना भएको हो ।