• २८ माघ २०८२, बुधबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ २८ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ६३ पैसा र बिक्रीदर १४५ रुपियाँ २३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ १६ पैसा र बिक्रीदर १७२ रुपियाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ५६ पैसा र बिक्रीदर १९८ रुपियाँ ३८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८९ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ३० पैसा र बिक्रीदर १०२ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६२ पैसा र बिक्रीदर १०७ रुपियाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ २३ पैसा र बिक्रीदर ११४ रुपियाँ ७१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५७ पैसा र बिक्रीदर ३९ रुपियाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २० पैसा र बिक्रीदर १६ रुपियाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०४ पैसा र बिक्रीदर २३ रुपियाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपियाँ ९६ पैसा र बिक्रीदर ४७५ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३८५ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपियाँ ६९ र बिक्रीदर ३७७ रुपियाँ २५ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।