गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २८ गते । अप्पर रिचेत हाइड्रोपावर प्रालिले दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनाका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
त्यसका लागि अप्पर रिचेत हाइड्रोपावर र आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबिबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्तक्षर गर्नुभयो । कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात् आठ करोड पुँजी बराबरका आठ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ । सबै प्रक्रिया पूरा गरेर कम्पनीले आगामी साउन/भदौमा आइपिओमा जाने योजना रहेको जनाइएको छ । कम्पनीले २०८१ भदौदेखि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा विद्युत् उत्पादन गरिरहेको छ ।