तेल्लोक र सिकैचाको सिरानमा पर्छ, काँडेभन्ज्याङ । कतिपयले सिन्चेबुङ भन्ज्याङ पनि भन्छन् । यहाँ एक दर्जनभन्दा बढी घर छन् । पहिले खरले छाएको छानो अहिले हरिया नीला जस्तापाताले छपक्कै
एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगविरुद्ध सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
जिल्लाको दुहुँ गाउँपालिका–३ मा पर्ने तपोवन श्रीबगर तातोपानीको संरक्षण गर्न सङ्घीय सरकारले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको काम सुरु भएको छ ।
बागमती प्रदेश सरकारको बजेट असन्तुलित हुँदै गएको बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । हचुवामा दायित्व बोक्ने र पूरा गर्न
सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । २१ लाख ८१ हजार रुपियाँ कर्मचारीको बैठक भत्तामा र एक करोड १४ लाख रुपियाँ पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको हो ।
महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाड खोलामा विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल निर्माणका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ ।
नेपालको चारकोशे झाडीका रूपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो ।
सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र घाँसामा खेतबारी र सार्वजनिक स्थानमा उम्रिएको गाँजाको बोटबिरुवा प्रहरीले नष्ट गरेको छ ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो ।
कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो ।
सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ ।
पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् ।