राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउँदै हुनुहुन्छ।
यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ । पवित्र धार्मिकस्थल खार्पुनाथ शक्ति र भक्तिका
झापाको कमल गाउँपालिका-७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।
गुल्मीमा गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, धुर्कोट गाउँपालिका–५, धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा बुधबार बिहान गाडी दुर्घटना भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रम ।
धन्यवाद थोमस जेफर्सन (१७४३–१८२६, अमेरिकी तृतीय राष्ट्रपति) । धन्यवाद यस निम्ति कि उहाँले भन्नुभएको थियो, “सरकार र पत्रकारिता कुन रोज्छस् भनियो भने अवश्य नै म पत्रकारिता रोज्ने छु ।” यसर्थ उहाँ मे
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिनुभएको छ ।
प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन।
भूमिहीनले भूमि समस्या समाधानका लागि उम्मेदवारका प्रतिबद्धता खोज्दै आफ्ना माग घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षणपत्र बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ का भूमिहीनले उम्मेदवारसँग प्रतिबद्धता खोजेका हुन् । लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका उनीहरूले समस्या समाधानका लागि के कस्ता एजेन्डा छन् भनेर प्रश्न गरेका छन् ।
हिमाली जिल्ला जुम्लाका किरब ३० प्रतिशत मानिसहरु जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन रोचक बन्दै गएको छ । पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार रहेको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले आफ्नै पार्टीका बागी उम्मेदवारको सामना गर्नु परेको छ ।
मत माग्ने शैलीका कारण रौतहट क्षेत्र नं. ४ मा चर्चामा रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारी ऋषि धमलालाई त्यहाँका स्थानीय उम्मेदवारसँग भिड्न चुनौती रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा एक निर्वाचन क्षेत्रमा दोलखाका मुख्य चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी मनोनयन दर्ता गराएका १४ दलमध्ये नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।