काठमाडौँ, माघ २८ गते ।नेपाल नर्सिङ परिषद्ले दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा सङ्गलन गराए कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ।
परिषद्ले सूचनाजारी गर्दै दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा सङ्गलन गराए कानुन अनुसार कारबाही हुने चेतावनी दिएको हो ।
परिषद्का अनुसार नेपाल नर्सिङ परिषद् ऐन, २०५२ र नेपाल नर्सिङ परिषद् नियमावली, २०६५ बमोजिम नर्स तथा अनमीहरूले अनिवार्य रूपमा परिषदमा नाम दर्ता गर्नुपर्ने व्यवस्था छ।
सो व्यवस्था सबै सम्बन्धित पक्षले अनिवार्य पालना गर्न परिषद्ले सूचनामार्फत स्पष्ट पारेको छ। व्यवस्था उल्लङ्घन गरी दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा लगाएको पाइएमा सेवा उपलब्ध गराउने व्यक्ति तथा सरकारी र गैरसरकारी स्वास्थ्य संस्थामाथि कानुनबमोजिम कारबाही हुने सूचनामा परिषद्ले उल्लेख गरेको छ ।
‘नेपाल नर्सिङ परिषद् ऐन, २०५२ र नेपाल नर्सिङ नियमावली २०६५ मा कुनै नर्स, अनमीले अनिवार्य परिषदमा नाम दर्ता गर्नुपर्ने व्यवस्था छ ।यदि व्यवस्था उल्लङ्घन गरी नर्सिङ सेवा उपलब्ध गर्ने व्यक्ति र गराउने सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाले नाम दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा लगाइएको पाइएमा सम्बन्धित पक्षलाई कानून बमोजिम कारबाही हुने छ,’परिषद्को सूचनामा उल्लेख छ ।
परिषद्ले सबै सरोकारवालालाई कानुनी प्रावधान पालना गर्न आग्रह गर्दै दर्ता नभएका जनशक्तिलाई नर्सिङ सेवामा नलगाउन आग्रह गरेको छ ।