जुम्ला पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिला हालसम्म पनि घरमै सुत्केरी हुँदै आएका छन् ।
बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ ।
सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको छ । दुई दिन सम्म सञ्चालन भएको नगरसभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका हुन् ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् ।
जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा लगाइएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको छ । बर्खे र हिउँदे गरी डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर पहिरोका कारण सडक भासिने समस्या हुँदै आएकोमा अब भने स्थायी रूपमा समाधान हुने भएको छ । चार महिना लगाएर विज्ञले ग
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिकामा करोडभन्दा बढी लागतमा निर्माणाधीन चार वटा पुल आर्थिक अभावमा निर्माण सम्पन्न हुन सकेका छैनन् ।
खार्पुनाथको खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुने भएको हो ।
जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको छ ।
विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।
राष्ट्रिय गौरव बढाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।
भ्रष्टाचार नेपालमा गहिरो रूपमा गाडिएको बहुआयामिक समस्या हो, जसले सुशासन, सामाजिक चेतना, आर्थिक क्षेत्र, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय छविमा गम्भीर असर पु¥याएको छ । नीतिगत र प्रशासनिक तहमा व्यापक भ्रष्टाचार व्याप्त छ, जसमा घुस दिने र लिने दुवै जिम्मेवार छन् । केही गैरजिम्मेवार कर्मचारीका कारण सम्पूर्ण कर्मचारीतन्त्र बदनाम भइरहेको छ । जटिल प्रशासनिक प्रणालीले नागरिकलाई सेवा पाउन कठिन बनाएको छ, जसले गर्दा घुस दिन बाध्य हुने अवस्था सिर्ज