मेक्सिको सिटी, माघ २८ गते । मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जस मध्ये ७७ प्रतिशत हतियार अमेरिकाबाटै आएका मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलवार जानकारी दिनु भएको छ ।
प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियार कसरी संगठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभयो ।
उहाँहरूले अपराधिक गिरोहलाई कमजोर पार्न र सुरक्षा चुनौती सामना गर्न संयुक्त प्रयास र अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको पनि बताउनु भयो । विशेष रूपमा, अमेरिकासँगको सशस्त्र र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिइएको छ ।
यसले अमेरिका र मेक्सिकोबिच सीमा पार हतियारको समस्यालाई फेरि ध्यानाकर्षण गराएको छ, जहाँ अवैध हतियार प्रायः सिमापार भएर गिरोह र तस्करी नेटवर्कमा पुग्ने गरेको देखिन्छ । रासस/सिन्ह्वा