सर्लाहीको बागमती नगरपालिकामा रहेको भरतताल निर्माणमा ठुलो आर्थिक अनियमितता भएको देखिएको छ । अनियमिततामा संलग्न रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १३ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कारबाहीको प्रक्रियालाई तीव्रता दिएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिसँगै प्रदेश तथा जिल्ला आचारसंहिता समिति तथा अनुगमन अधिकृतबाट पनि कारबाहीको प्रक्रिया अन्तर्गत स्पष्टीकरणलाई तीव्रता दिइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
कपिलवस्तुको तिलौराकोटमा पहिलो पटक अर्धवृत्ताकार (अप्सिडल) बौद्ध मन्दिरको संरचनासहित पूजाआजा हुने गरेको देवल (स्तूप) फेला परेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुरहाम विश्वविद्यालयका पुरातत्वविद्को झन्डै चार वर्षको लामो खोज अनुसन्धानबाट अप्सिडल बौद्ध मन्दिरको भग्नावशेष फेला परेको बुधबार पत्रकार सम्मेलनमार्फत विभागले जानकारी दिएको हो ।
सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत छ महिनामा १६८ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा चार वा सोभन्दा बढी लेनका आठ किलोमिटर र दुई लेनका १६४ किलोमिटर कालोपत्रे सम्पन्न भएको हो ।
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयकको नामबारे सरकार र राष्ट्रिय सभाका सदस्यले आआफ्नो अडान कायमै राखेपछि लगातार दोस्रो बैठकमा समेत विधेयक मसौदाको प्रतिवेदन पारित भएको छैन ।
सर्वोच्च अदालतले सवारीसाधनमा अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य संवैधानिक तथा कानुनी आलोकमा तत्काल कार्यान्वयन नगर्नू/नगराउनू भन्ने आदेश जारी गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव सङ्कलन गरिरहेको उल्लेख गरेको छ । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्ना प्रतिबद्धता तथा सङ्कल्पसहित नेपाली कांग्रेसले फागुन २ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ । १० वटा प्राथमिकताका क्षेत्र निर्धारण गरी १० वर्षमा सम्पन्न गर्ने गरी नेपाली कांग्रेसले ‘मिसन टेन’ नामक सङ्कल्पपत्र सार्वजनिक गर्न लागेको हो ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अरूको भन्दा कर्णप्रिय, जमिन र आकाशभेदी विकासे सङ्कल्पसहित घोषणापत्र बनाउन व्यस्त राजनीतिक दललाई माटो खेलाएर जीविका चलाउनुपर्ने मतदाताले यस पटक फरक सर्त अघि सारेका छन् । विभिन्न जिल्लामा बाँदर आतङ्ककै कारण बस्ती उठीवास र खेतीपाती बन्द गर्नु परिरहेको अवस्थामा दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका मतदाताले बाँदर धपाइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।
नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको जग्गामा अवैध उत्खनन गरी ५८ करोड ६२ लाख रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवोजस्तै ननासिने र नमासिने पार्टी भएकाले कहिल्यै पनि कसैको डाहले कमजोर नहुने बताएका हुन् ।
नेपालको प्रथम सहिद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा खुल्ला दौड प्रतियोगिता हुनेभएको छ । मगरको १४९ औं स्मृति दिवसको अवसरमा लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता २०८२ हुन लागेको हो ।
निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय मोरङमा अवैध हतियारको कारोबार तथा प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा मोरङ प्रहरीले अवैध हातहतियार तथा सञ्चार उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ।