कास्की प्रहरीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रोबस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई नियन्त्रणमा लिइएको हो।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको कार्यालय तथा आवास क्षेत्र ।
उज्वेकिस्तानमा जुन २९ देखि हुने एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ ।
श्रीलङ्काको कोलम्बोमा सम्पन्न बिलि जिन किङ कप टेनिसमा नेपालले पाँचौँ स्थान हासिल गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।
इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताउनुभयो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बिच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल प्रारम्भ भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गर्नुभएको छ ।
पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले योग अभ्यासले व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बाजराको बुढीनन्दा नगरपालिका–९ का पाण्डुुसैनवासी स्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।यहाँको पाण्डुसैन स्याउ उत्पादनका लागि निकै उपयुक्त ठाउँ हो ।
सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तार क्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् ।