शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दिलबहादुर सिंह
डोटी, माघ २९ गते । बन्दुकको छर्रा लागेर डोटीमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घरमा बिजुलीको वायरिङ गरिरहेको समयमा बन्दुक पड्किदा डोटीको बोगटान फुड्सिल गाउँपालिका–१, लफडा गाउँका ३० वर्षीय कलम धामीको ज्यान गएको हो ।
सोही वडाको पोखरीका गाउँका स्थानीय दुर्गा सिंह कुडमालको तीन तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गरिरहेको समयमा बुधबार बेलुकी करिब ६ बजेर ४० मिनेटमा कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा लाग्दा ज्यान गएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।