युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गर्नु भएको छ । यद्देपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।
अज्ञात समूहले रौतहटको एक सामुदायिक वनमा जम्मा गरेको सालका काठमा आगलागी हुँदा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ ।
बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदैगरेको भ्यान दुर्घटना भएको हो।
डिएभी विद्यालयको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै उपाधि उचालेको हो।
काठमाडौँको कलङ्कीस्थित घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपियाँ लुटपाट गर्ने समूहका थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिनुभएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा उम्मेदवारहरू घरदैलोका लागि तराईबाट पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाको ठुलो भूभाग पहाडी क्षेत्रमा पर्छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४, मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी रुपियाँ) मा अनुबन्ध हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना नाबालक र आठ जना महिला छन् ।
आसन्न फागुन २१ को निर्वाचनको लागि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु आइपुग्नुभएको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनायो ।