वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।
मुग्लिन–मलेखु खण्डका चारवटा पुलमा आरसीसी विम राख्ने काम सकिएको छ । पुलमा विम राख्न गरिएको रातिको बन्द आइतबारबाट खुला गरिएको छ ।
बागलुङ नगरपालिका वडा नंं. ४ को कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा अध्ययन गर्ने तीस जना बटुकको आँखा परीक्षण गर्दा सात जनामा गम्भीर समस्या देखिएको छ । तीमध्ये सबै जनालाई तत्कालका लागि चस्मा वितरण गरिए पनि सात जनामा समस्या देखिनुलाई चिकित्सक र स्थानीयले गम्भीर रूपमा लिएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक किसानलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिनलगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो ।
कपिलवस्तुको विजयनगर गाउँपालिका –३, जगदीशपुरमा घरको छानो खस्दा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा ६० वर्षीय दुर्गाप्रसाद काफ्ले रहेका छन् ।
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत उत्पादन क्षमता २०२५ मे महिनाको अन्त्यसम्म ३.६१ अर्ब किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले वृद्धि भएको हो ।
देशको दक्षिणपश्चिमको छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइतवार ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकहरूलाई बन्धक बनाई गिरफ्तार गरेको सेनाले जनाएको छ ।
व्यवस्थापिका संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको जानकारी दिनुभयो ।
साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटन : घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ आज काठमाडौँमा लोकार्पण गरियो ।
वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ३७ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्वेकिस्तानमा जुन २९ देखि आयोजना हुने एएफसी एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ गरिएको छ ।
अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनु भयो। अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताउनुभएको छ ।
तातोपानी गाउँपालिका–७ जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया भएको हो ।