शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी रुपियाँ) मा अनुबन्ध हुनुभएको छ ।
११औँ संस्करणको पिएसएलका लागि दीपेन्द्रसिंहलाई इस्लामाबाद युनाइटेडले बुधबार राति अनुबन्ध गरेको हो । अक्सनमा रहनुभएका दीपेन्द्रसिंहलाई इस्लामाबादले बोली लगाएको हो ।
पिएसएलमा इस्लामाबादसहित आठवटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ । यससँगै दीपेन्द्रसिंह पिएसएल खेल्ने दोस्रो नेपाली क्रिकेटर बन्नुहुनेछ । यसअघि नेपालका सन्दीप लामिछानेले सन् २०१९ मा लाहोर कलन्दर्सबाट पिएसएल खेल्नुभएको थियो ।