शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैंकक, माघ २९ गते । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रमणमा एक जना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ । प्रहरीका आुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।
सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीलाई बन्धक बनाएको सङ्केत जनाएको थियो । रासस/सिन्ह्वा