• १ फागुन २०८२, शुक्रबार

प्रधानमन्त्री कार्की ताप्लेजुङ आउनुहुँदै

blog

प्रधानमन्त्री सुशीला कार्की

चन्द्र पन्दाक 
ताप्लेजुङ, फागुन १ गते ।
प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा आउनुहुने भएको छ । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुहुने भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार आज बिहान ८ बजे प्रधानमन्त्री कार्की ताप्लेजुङ आइपुग्ने कार्यक्रम रहेको छ । ताप्लेजुङ आइपुगेपछि प्रधानमन्त्री कार्कीले सुरुमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुहुने र पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्नुहुने प्रजिअ सेढाइँले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मुख्य निर्वाचन अधिकृतसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुहुने कार्यक्रम रहेको सेढाइँले बताउनुभयो । प्रधानमन्त्री कार्कीले बिहीबार सोलुखुम्बु जिल्लाको भ्रमण गर्नुभएको छ ।