मधेश प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ ।
मुलुकभर परेकोे अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
ठुलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । डोल्पाको ठुलोभेरी नगरपालिका–३, धूपीचौरस्थित ठुलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरु नदीको बिचमा फसेका थिए ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका– ३०, गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
यहाँको कचनकवल गाउँपालिका– ७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राति एक जनाको मृत्यु भएको छ ।
गोरखामा ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
नाम्खा गाउँपालिका–६, को हिमालपारीको गाउँ लिमीको तिलगाउँमा पुनः लेदोसहितको पहिरो गएको छ । सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा आएको हो ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ । मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो ।
गोरखामा अविरल वर्षाका कारण ताक्लुङ–मनकामना सडक खण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण शहिद लखन गाउँपालिका–५ तोरेनभिरमा सडक भासिएर पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
समकालीन समाजमा गोत्र व्यवस्थाका कारण बिहेबारी तथा लेनदेनमा ठुलो प्रभाव परेको देखिन्छ ।
अविरल वर्षाका कारण अवरुद्ध भएको गुल्मीको रुद्रवेणी–वामी सडक पूर्णरूपमा सुचारु भएको छ ।
जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ ।