• १३ साउन २०८२, मङ्गलबार

गुल्मीको रुद्रवेणी–वामी सडक सुचारु

blog

रमेश विश्वकर्मा 
गुल्मी, साउन १३ गते ।
अविरल वर्षाका कारण अवरुद्ध भएको गुल्मीको रुद्रवेणी–वामी सडक पूर्णरूपमा सुचारु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६, अन्तर्गतको रुद्रवेणी–वामी सडक खण्डमा पर्ने डहरे खोलामा पानीको सतह बढ्दै गएको हुँदा मङ्लबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक करिब ९ः३० बजेको समयदेखि पूर्णरूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । अविरल वर्षाका कारण डहरे खोलामा पानीको सतह बढेको थियो ।

अवरुद्ध सडक सुचारु गर्नका लागि त्यस स्थानमा इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी नायब निरीक्षक नरेन्द्र विकको कमाण्डमा प्रहरी टोली खटिएको बताइएको छ । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त यस सडक खण्डबाट बागलुङ, गुल्मीका सवारी साधन पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने गरेका छन् ।