• २ जेठ २०८३, शनिबार

सत्यवतीको अङ्गारे खोला-हेल्थसेन्टर सडक बन्द हुने

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ २ गते।
गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खोला–हेल्थसेन्टर सडक बन्द हुने भएको छ। आइतबारदेखि यस सडकको बिचको विडौरीमा कजवे ढलान गर्न लागिएको हुँदा सडक बन्द हुने भएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत पौडलका अनुसार ढलानको कार्य सम्पन्न नहुँदासम्म सडक बन्द हुने भएको हो। यस अवधिमा सवारी आवतजावत गर्नका लागि वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले आग्रह गरेको छ।

यहाँ सडक निर्माणको काम गर्नका लागि सवारी आवतजावत बन्द गरिएको हो। वैकल्पिक सडकको रूपमा खैरेनी–जोहाङ्ग-जुनियाँ मुख्य सडक प्रयोग गर्न आग्रह गरिएको छ। यस अवधिमा यस क्षेत्रमा पर्ने असुविधा प्रति सचेत रहेको बताइएको छ।