काठमाडौँ, साउन १३ गते । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागु पदार्थसहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका–५, मेचीपुलबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६, नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई जना, धनगढी उपमहानगरपालिका–१४, खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना, ललितपुर, महालक्ष्मी नगरपालिका–१, इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका–१, राम्दीबाट एक जनालाई लागु औषधसहित पक्राउ गरिएको जनाइएको छ । यसैगरी, सुनसरीको वराहक्षेत्र नगरपालिका–७, किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ । रासस
सोमबार साँझ पहिरो खसेर अवरुद्ध बनेको डुम्रे, बेँसीसहर–चामे सडकखण्डको मनाङ सडक खण्ड सुचारू भएको छ ।
बागलुङ नगरपालिका—१२, बलेवा अमलाचौरका जगत केसी र जनक केसी अहिले मौरीको घार बनाउन र मौरी स्याहार्न व्यस्त हुनुहुन्छ ।
काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बिपी राजमार्ग अवस्थित छन् । अरनिको राजमार्गमा तीन वर्षदेखि र बिपी राजमार्गमा ठीक दस महिनादेखि कठिनाइ पूर्ण यात्रा गर्न बाध्य भएका छन्, मध्यपहाडी क्षेत्रका नागरिक ।
यहाँस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो ।
बाँके जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ ।
बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो ।
डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मधेश प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ ।
मुलुकभर परेकोे अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
ठुलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । डोल्पाको ठुलोभेरी नगरपालिका–३, धूपीचौरस्थित ठुलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरु नदीको बिचमा फसेका थिए ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका– ३०, गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
यहाँको कचनकवल गाउँपालिका– ७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राति एक जनाको मृत्यु भएको छ ।