• १३ साउन २०८२, मङ्गलबार

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

blog

भद्रपुर (झापा) , साउन १३ गते ।  यहाँको कचनकवल गाउँपालिका–७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राति एक जनाको मृत्यु भएको छ । 

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । रासस