समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
डक बोर्डले पश्चिम नवलपरासीको भुमहीदेखि रुपन्देहीको भैरहवा जोड्ने हुलाकी सडकखण्डको दुई स्थानमा सडक उपभोग दस्तुर सङ्कलन गर्ने तयारी थालेपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
बहुचर्चित त्रिदेशीय सडक कर्णाली कोरिडोरका नौ वटा पुलको निर्माण अझै सुरु भएको छैन । कोरिडोर अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने ती नौ वटा पक्की पुलको विसं २०७९ असार ३० गते ठेक्का सम्झौता भएर पनि काम अझै सुरु नहुँदा यातायातका साधनले सास्ती खेप्नु परेको छ ।
बयालपाटा अस्पताल प्रदेश सरकारमातहत सञ्चालन गर्न बाटो खुलेको छ । केही वर्षदेखि आर्थिक सङ्कटको सामना गरिरहेको अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न बाटो खुलेको हो ।
सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको दोदोधरा अस्पताल सञ्चालनमा आएको छ ।
सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक मङ्गलबार बस्दैछ ।
गुल्मीमा कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक अवरुद्ध भएका छन् । कालिगण्डकी गाउँपालिका–१ को गगरेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सर्लाही भन्सार कार्यालय मलङ्गवामा समयमै लिलामी प्रव्रिmया अगाडि नबढ्दा करोडौँ मूल्यका सवारीसाधन खुला आकाशमुनि थन्किएर नष्ट हुने अवस्थामा पुगेका छन् ।
फलफूल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानलाई गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१ /८२ मा रु दुई करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।
उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सर्लाहीको लालबन्दीमा १३२ केभी राष्ट्रिय प्रसारण लाइननजिक घर रहेकालाई विद्युत् मिटर दिन नेपाल विद्युत् प्राधिकरणले इन्कार गरेको छ । २०४२ सालमै निर्माण भएको ‘
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।