झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन ।
रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने देखिएको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबिच सोमबार भएको छलफलमा त्यस्तो जानकारी गराइएको हो ।
पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुई वटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसिपीपरिसरमा गोदाम र पार्किङ तथा आइसिपीसँग कोशी राजमार्गलाई जोड्ने सम्पर्क सडक निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
नागपञ्चमी पर्व मङ्गलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व झल्कने आलोकमय सूर्य नामक वृहत ग्रन्थ प्रकाशनमा आएको छ । एक कार्यक्रमबिच ग्रन्थकोे घुम्टीखोली राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३७ पैसा र बिक्रीदर १३८ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो ।
सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा अनियमितता हुने गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस) ले आफूनिकटका शिक्षकलाई अनियमित तरिकाबाट प्रधानाध्यापक नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो ।
कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ ।
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषिमा पर्याप्त बजेट विनियोजन नभएको बताउनुभएको छ । लहान नगरपालिका वडा ११ मा अगुवा किसानहरुसँगको भेटघाटको क्रममा उहाँले यस्तो बताउनु भएको हो ।