एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहनेछ ।
कर्णाली प्रदेशले प्रदेशका विपद् जोखिम क्षेत्रका स्थानीय तहहरुमा घर बिमा कार्यक्रम लागू गरेको छ । जस अन्तर्गत पहिलो चरणमा पन्ध्र वटा स्थानीय तहका दुई सय १३ वडामा १६ हजार घर बिमा गरेको गरिएको छ ।
मलेसिया, थाइल्यान्ड र कम्बोडियाबिच पाँच दिनदेखि जारी सीमाविवाद अन्ततः वार्ताबाट समाधानतर्फ उन्मुख भएको छ।
विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम हुने भएको छ ।
लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो ।
ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमतीलाई कैँची प्रहार गरी हत्या गरेको आरोपमा सिरिजङ्घा गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिका वडा ४ उकाली पानी बस्ने विजय भन्ने सञ्जमान लिम्बू पक्राउ परेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्वित सचिव एवं प्रतिनिधिसभाका निलम्वित सांसद् टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गर्नुभएको छ ।
खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।
इक्वेडरमा आइतबार दुईवटा छुट्टाछुट्टै आक्रमणमा सशस्त्र आक्रमणकारीहरूले एक बालकसहित कम्तीमा १४ जना सर्वसाधारणको हत्या गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।