दैलेखका चार पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् ।
साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।
कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ गरिने भएको छ ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन् । अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।
नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा सुदीर्घ इतिहास निर्माण गरिसकेको ‘मधुपर्क’ बारे कताबाट सुरु गरौँ यो आलेख ? म अन्योलमा छु । यो अन्योल चिर्दै ‘मधुपर्क’ को पूर्वरचनागर्भ अन्तर्गत यसको अस्तित्व ग्रहण गर्नुपूर्वको एउटा सन्द
शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो ।
ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान ।
मुस्ताङको थासाङ गाउँपालिका–२, सौरू आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक तुलाचनले कालीगण्डकी नदीमाथि ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनेपछि साढे ३ घण्टाको दुरी २० मिनेटमै पार गर्ने बताउनुभयो ।
लमजुङमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ५५ परिवारलाई राहत प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ ।
कैलालीको दुई पालिकामा भोलि स्थानीय सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको गुरही पर्वको अवसर पारेर धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन सोमबारबाट प्रक्रिया थालिने भएको छ ।
झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सवारी दुर्घटनामा परी शिक्षकको निधन भएपछि शोक बिदा दिएको छ ।