कृषि उपजको रुपमा रहेको लसुन पूर्वी नााका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रिएको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका मालुङ्गा उत्तरवाहिनीमा अत्याधुनिक प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकारले पूर्वाधार निर्माण, वित्तीय अनुशासन र नागरिक सेवा जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धले दिएका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
बर्दियामा पहिलो पटक आधुनिक (फेको) प्रविधिबाट आँखाको शल्यक्रिया सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दियाले सञ्चालन गरेको शिवगङ्गा आँखा अस्पतालमा फेको प्रविधि भित्र्याइएको हो ।
उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११.३० बजे स्वदेश फर्कनुभएको हो ।
लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री सीता शर्मा चौधरीको नेतृत्वमा आर्थिक वर्ष २०८१–८२ मा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ ।
विसं १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको नेपालगन्जको भेरी अस्पताल सोमबार स्थापना भएको १३५ वर्ष पुग्दै छ ।
वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ ।
। मुलुकका सातै प्रदेशका प्रदेश नीति तथा योजना आयोग र प्रदेश योजना आयोगले वार्षिक नीति तथा कार्यव्रmमबिच एकरूपता ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउनुहुन्छ ।
मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । हेंवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्याउँदा यातायात र ढुवानी प्रभावित भएको हो ।