कैलालीको दुई पालिकामा भोलि स्थानीय सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको गुरही पर्वको अवसर पारेर धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन सोमबारबाट प्रक्रिया थालिने भएको छ ।
झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सवारी दुर्घटनामा परी शिक्षकको निधन भएपछि शोक बिदा दिएको छ ।
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
मिटरब्याजको आरोपमा २४ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटेका नवलपुरको कावासोती नगरपालिका–२ ईन्द्रचोकका ३९ वर्षीय अमृत भुसालसहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ ।
मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो समय समृद्धि र देश विकासको कुरा ठुलै गरिन्छ । प्राय नेता र जनप्रतिनिधिले समृद्धिका ठुला सपनाहरू बाँडेका हुन्छन् । तर त्यो सपना पूरा गर्नका लागि हाम्रो स्रोतको अवस्था कस्तो छ भन्ने बारे कमै मात्र छलफल भएको पाइन्छ ।
रौतहटको राजपुर नगरपालिका –३ का एक दलित महिलालाई एक वर्ष अघि जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्ला राजपुर–३ का खुर्सैद खाँ पैठानलाई रौतहट जिल्ला अदालातले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो ।
साइबर सुरक्षामा आजीविका (करिअर) बनाउने चाहना छ तर कहाँबाट सुरु गर्ने थाहा छैन ?
सर्लाहीमा सिँचाइका लागि विद्युतीय मोटरको अत्यधिक प्रयोग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणलाई लोड थेग्नै मुस्किल परेको छ । जिल्लामा नेपाल विद्युत् प्राधिकरणको
गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङ्गकी ३६ वर्षीया गंगा अर्याल गाउँमा अर्थोपार्जनको कुनै आधार नभएपछि छोराहरु सासुसँग छोडेर २०८० सालमा युएई पनि जानुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा