निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन् ।
यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।
देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।
तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाउनुभयो ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको बगरमा एक वृद्ध व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी धनगढीमा कायम गर्ने चर्चा चलेपछि कैलालीको गोदावरी नगरपालिकावासी सशङ्कित भएका छन् ।
सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन । सोमबार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा गइरहेपनि मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना पत्रकारको स्वास्थ्य बिमा गरेको छ ।
काठका भाँडा बनाउनका लागि जङ्गलका रुख काटेर मास्ने गरेको आरोप भोग्दै आएका लोपोन्मुख राउटे समुदाय आफ्नो आउने पुस्ताका लागि वृक्षरोपण गरेका छन् । आउने पुस्ताका लागि सहज होस् भन्ने उद्देश्य राखेर उहाँहरूले आफू बसेको क्षेत्रको खाली जङ्गलमा बिरुवा रोपेका हुन् ।
समाज रूपान्तरण गर्न एउटा पुस्ता साहसी, त्यागी र बलिदान गर्न तयार हुनु पर्छ । स
मौद्रिक नीति मुद्रा व्यवस्थापनसँग सम्बन्धित हुन्छ । केन्द्रीय बैङ्कले जारी गर्छ ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
नेकपा (एमाले) का संस्थापक महासचिव जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गर्नुभएपछि देशमा गम्भी