ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताउनुभएको छ।
मकवानपुर मनहरी गाउँपालिका-७, रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइतेभएका छन् ।
टुसाल मल्टि भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता शनिबार हुने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग ९युएसएड० सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ ।
झापा गाउँपालिका-१, सानोमाई खोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।
फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।
नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठ र नेपाल इन्टरनेसनल कराते एसोसिएसन (एफआइकेके) का ब्रान्च चिफ केशव देसार सम्मानित हुनुभएको छ ।
ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ करोड रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो ।
झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०-०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१-८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले नागरिकता परित्याग गरी गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरूप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ ।
एथलेटिक्स सङ्घका असन्तुष्ट पदाधिकारीले राजीव विक्रम शाहको तदर्थ कमिटीमा रहेको नेपाल एथलेटिक्स सङ्घको निर्वाचन नगराउन माग गरेका छन् ।