नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठ र नेपाल इन्टरनेसनल कराते एसोसिएसन (एफआइकेके) का ब्रान्च चिफ केशव देसार सम्मानित हुनुभएको छ ।
ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ करोड रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो ।
झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०-०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१-८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले नागरिकता परित्याग गरी गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरूप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ ।
एथलेटिक्स सङ्घका असन्तुष्ट पदाधिकारीले राजीव विक्रम शाहको तदर्थ कमिटीमा रहेको नेपाल एथलेटिक्स सङ्घको निर्वाचन नगराउन माग गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु. २६ अर्ब नाँघेको छ। नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो।
समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाका बथान । बागलुङको ढोरपाटनमा पर्ने बुकीपाटनमा हरेक वर्ष सयौँ किसानले चरनका लागि भेडा लिएर जाने गर्छन् ।
नवलपुरको कावासोती–४ हसौराकी उनमाया गाहा मगरका दुई छोरा वैदेशिक रोजगारीमा छन्। उहाँका श्रीमान श्रीमती र दुई बुहारी मिलेर ८ कठ्ठा आफ्नै र १८ कठ्ठा जमिन भाडामा लिएर काक्रो खेती गरिरहनु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आइतबार चार प्रतिभालाई पुरस्कृत गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबिच आइतबार चौथो दिन पनि झडप भएको छ ।
सप्तरीको मालपोत कार्यालय राजविराजको भवन जीर्ण भई चुहिने भएपछि यहाँका महत्त्वपूर्ण कागजात जोगाउन चुनौती भएको छ । पानीले बर्षौ देखिको महत्त्वपूर्ण स्रेस्ताको अभिलेखहरू जोगाउनै मुस्किल भएको हो ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठकमा सुरु भएको छ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।
‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ ।
नेपाल राष्ट्र बैँकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैँकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।