गुल्मीको तम्घासस्थित नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रले एक वर्षमा ४१ हजारभन्दा बढी नागरिकको आँखा उपचार गरेको छ ।
जुम्ला पातारासी गाउँपालिका–६ मा आइतबार बिहान ग्यास चुलो प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गर्नुभएको छ ।
सप्तरीको राजविराजबाट गत असार बेपत्ता भएका दुई जनाका अवस्था अझै अज्ञात रहेको छ । यसरी अवस्था अज्ञात हुनेमा एक जना महिला र एक जना पुरुष रहेको सप्तरी प्रहरीले जनाएको छ ।
बाढीले मोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साता बढी समय सम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो ।
‘विद्युतीय’ र ‘साहित्य’ दुई पद मिलेर बनेको तथा विद्युतीय माध्यमबाट प्रसारमा आउने साहित्यलाई सम्बोधन गर्ने पारिभाषिक नेपाली पदावली हो विद्युतीय साहित्य । यस पदावलीले साइबर साहित्य र संस्कृतिको सम्बोधन प्रस्तुत हुने सन्दर्भ पनि प्रस्तुत हुन्छ ।
नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो ।
कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ ।
खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।
“तँ मर्ने हो, लक्ष्मी ?” “नाइँ, म मर्दिनँ, आफ्नो इच्छामा पनि मर्न पाइन्छ र प्रभु ?” “तँ सिरियस बिरामी परेको सूचना हामीकहाँ आइपुग्यो । त्यसैले हामी सोधखोज गर्दै आएका हौँ ।” लामा लामा सिङ भएको
जातजाति, धर्म, समुदाय र अर्थ राजनीति प्रणाली अनुसार विभिन्न देश र समाजमा भूमिलाई हेर्ने आआफ्नै दृष्टिकोण छन् ।
पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा