फेदीखोला गाउँपालिकाले औपचारिक क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडेको छ ।
सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ ।
सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन् ।
पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो ।
मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो ।
नेपाल सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा सुचिकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार मिर्नाणसँगै आम्दानीमा वृद्धि भएको छ ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ ।
भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।
छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका काम गर्दा दलीय र राजनीतिक चिन्तनभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको आइतबार देवघाटमा अन्तिम संस्कार गरिँदै छ । सालिन र निष्ठावन नेताको पहिचान बनाउनुभएका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ वजे निधन भएको थियो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी आस्था र विश्वासको केन्द्र हो ।
स्याङ्जा–तनहुँ जोड्ने बाडखोला–पौवेगौडे–टक्सार–दुलेगौडा सडकअन्तर्गत पर्ने पौवेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।
आजभोलि बाह्य तथा आन्तरिकसमेतका विविध कारणले प्राकृतिक प्रकोप र विपत्तिका थरीथरीका घटना भइरहेका छन् ।