छयहत्तर वर्षअघि लमजुङका ब्राह्मणले हलो जोतेपछि समाजमा यस्तो दोहोरी चल्यो । राणाकालीन त्यो समय, ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता तर त्यही राणाकालीन समयमा नेपालको इतिहासमा ब्राह्मणले हलो जोतेको इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४, (साबिक दुराडाँडा गाविस–६) अर्चल्यानीको बाटेगराले ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा ३७ हजार २६ वटा उजुरी परेको छ । यी उजुरी भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयसँग सम्बन्धित छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित ढुम्बा ताल । मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटक यहाँको ढुम्बा ताल अवलोकन गर्न छुटाउँदैनन् ।
गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई-मधेशका स्थानीय तहका प्रमुखरअध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्नुभएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ।
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि स्वागत गर्दै तनहुँमा खुशीयाली मनाइएको छ।
झापामा प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। गोप्य सूचनाका आधारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जाँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको जनाएको हो।
नेपाल पौडी सङ्घको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ ।
महिलाको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र महिला अधिकार सुनिश्चित नहुने भन्दै महिला नेतृले ५० प्रतिशत आरक्षणको माग गर्नुभएको छ।
युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिनुभयो ।
नवलपरासीपूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –४, सर्दीमा एक जना वृद्ध खोलामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसर विनयी त्रिवेणी –४ डुम्रेई खोलामा ७७ बर्षीय रेवनसिंह खङ्गाहा मृत अवस्थामा फेला पर्नुभएको हो ।