• ११ साउन २०८२, आइतबार

नेपाली टोलीलाई डाना कप

blog

काठमाडौँ, साउन १० गते । नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो ।

उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले हरायो । विजयी टिमका लागि रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले एक एक गोल गर्नुभयो ।