• ११ साउन २०८२, आइतबार

‘महिलालाई ५० प्रतिशत आरक्षण आवश्यक छ’

blog

कार्यक्रममा सहभागी ।

कीर्तिपुर, साउन १० गते। महिलाको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र महिला अधिकार सुनिश्चित नहुने भन्दै महिला नेतृले ५० प्रतिशत आरक्षणको माग गर्नुभएको छ। 

शनिबार यहाँस्थित अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को नगर सम्मेलनमा बोल्नुहुँदै उहाँले आधा आकाश आगेटेका महिलाको समुचित विकास नभएसम्म देशको विकास सम्भव नभएको बताउनुभएको हो।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभाका सांसद रेखा शर्माले महिला उद्यमशिलता र शक्तीकरणले मात्र देश विकास हुने बताउनुभएको छ। 

महिलाको अधिकारको कुरा गरिरहँदा महिलालाई आर्थिक रूपमा सबल बनाउन सबै पक्षको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो।

यस्तै,पूर्व विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले हरेक आन्दोलनमा महिलाको सहभागिता रहेको स्मरण गर्नुहुँदै महिला पनि कार्यकारी भूमिकासम्म पुग्ने सशक्त  हैसियत स्थापित भइसकेको स्पष्ट पार्नुभयो।

यस्तै, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगरले महिलाको त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र आउँदो दिनमा महिलालाई पर्याप्त अवसर नपुग्ने बताउनुभयो।

नगर सम्मेलनले सङ्गीता उप्रेती श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो।