महिलाको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र महिला अधिकार सुनिश्चित नहुने भन्दै महिला नेतृले ५० प्रतिशत आरक्षणको माग गर्नुभएको छ।
युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिनुभयो ।
नवलपरासीपूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –४, सर्दीमा एक जना वृद्ध खोलामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसर विनयी त्रिवेणी –४ डुम्रेई खोलामा ७७ बर्षीय रेवनसिंह खङ्गाहा मृत अवस्थामा फेला पर्नुभएको हो ।
पुतलीबजार नगरपालिका–७ का ठकुरी भेना भन्ने हुमबहादुर शाहीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । साउ ६ गते स्थानीय ४४ वर्षीयको सुरेन्द्र रेग्मीले आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्न खाल्टो खन्ने क्रममा भरुवा बन्दुक पडकेर छर्रा लागेर घाइते हुनुभएको थियो ।
झापामा शनिबार बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईका उपलब्धिको पहुँचमा समानताको वकालत गर्नुभएको छ।
नेपाल कम्युनिस्त पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताउनुभएको छ।
पाल्पाको रामपुर नगरपालिकामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर–२, सेरा बस्ने ५७ वर्षीया दानुकुमारी रावतको स्याउला काट्ने क्रममा अरिङ्गालले टोकेर मृत्यु भएको हो ।
बेलायतमा बसोवास गर्दै आउनुभएका रामप्रसाद अधिकारीले पुर्खौली थलोको विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । अधिकारीले धनकुटाको महालक्ष्मी नगरपालिका बडा ४ चानुवाको श्री सरस्वती माध्यमिक विद्यालयलाई चार लाख रुपियाँ बराबरको दुई रोपनी तीन आना जग्गा हस्तान्तरण गर्नुभएको हो ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आगामी सेप्टेम्बर महिनामा फ्रान्सले औपचारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गर्नुभएको छ ।
किरात समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले इलाम नगरपालिका–५, बरबोटेमा किरात पार्क उद्घाटन गरिएको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्तासहितका सेवा प्रवाह गरेको हो ।
नेपाल टेनिस सङ्घको ११औँ विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई चार वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिस्ट एकता हुनुपर्ने बताउनुभएको छ ।
इलामको माईजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जङ्गली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ ।