• ११ साउन २०८२, आइतबार

बन्दुक पड्किदा एक घाइते

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन १० गते । पुतलीबजार नगरपालिका–७ का ठकुरी भेना भन्ने हुमबहादुर शाहीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । साउ ६ गते स्थानीय ४४ वर्षीयको सुरेन्द्र रेग्मीले आफ्नै बारीमा सुन्तलाको बिरुवा रोप्न खाल्टो खन्ने क्रममा भरुवा बन्दुक पडकेर छर्रा लागेर घाइते हुनुभएको थियो । 

घाइते सुरेन्द्र रेग्मीको जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा शाहीको संलग्नता रहेको देखिएपछि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो । 

उजुरी पश्चात हुमबहादुर शाहीलाई खोजतलासको क्रममा तनहुँबाट लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निजले देखाएअनुसार लुकाइराखेको हतियार ठुलाडिहीबाट बरामद गरेको र ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट दिन १० दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । यस्तै, घाइते रेग्मीको पाटन अस्पताल ललितपुरमा उपचार भइरहेको चौधरीले बताउनुभयो ।