• ११ साउन २०८२, आइतबार

इलाममा किरात पार्क उद्घाटन

blog

इलाम नगरपालिका–५, मा रहेको किरात पार्कमा राखिएको केलाङ प्रतिमा । तस्बिर : कोकिला ढकाल ।

कोकिला ढकाल

इलाम, साउन १० गते । किरात समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले इलाम नगरपालिका–५, बरबोटेमा किरात पार्क उद्घाटन गरिएको छ । ७७  वर्षीया वृद्धा सन्चरानी लिम्बूले पार्कको उद्घाटन गर्नुभएको हो । 

स्थानीयले श्रमदानबाट करिब साढे तीन लाख रुपियाँको लागतमा निर्माण गरेको पार्कमा लिम्बू संस्कृतिलाई झल्काउने च्याब्रुङ बोकेको व्यक्तिको  प्रतिमा राखिएको छ । केलाङसहितको प्रतिमा पनि स्थानीय कलाकार तीर्थ जबेगूले श्रमदानबाटै निर्माण गर्नुभएको हो । 

उद्घाटनका अवसरमा पार्क निर्माण गर्न जग्गा प्रदान गर्ने एक जना जग्गा दाता र प्रतिमा निर्माण गर्नै कलाकार तीर्थ जबेगूलाई सम्मान गरिएको थियो । उद्घाटनका अवसरमा च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो ।