गएको आर्थिक वर्ष २०८१-८२ मा धनकुटामा तीनसय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा सो संख्यामा उद्योग बन्द भएका हुन् ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ । दाउराको चुलो र ग्यास सिलिन्डरबाट मुक्त बनाउने अभियान अन्तर्गत वडा कार्यालयमै पुगेर इन्डक्सन चुलो वितरण गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा गर्नुभएको महत्वपूर्ण योगदान स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका –३ स्थित कालाफाँटा स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४ घण्टा प्रसुति सेवा सञ्चालनमा सहज हुने भएको छ ।
हिमाली क्षेत्रका कृषकहरूको मुख्य आम्दानीको स्रोतको रूपमा छुर्पीलाई लिन सकिन्छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका याम्फुदिनका चौँरीपालक विष्णु शेर्पा छुर्पी बेचेर आफ्नो गुजारा चलाउनु हुन्छ ।
जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ ।
आर्थिक वर्ष २०८१।०८२ डिभिजन वन कार्यालय बर्दियाको मातहतमा रहेका दुई सय ८५ सामुदायिक वन मध्य एक सय ३६ सामुदायिक वनका १४ हजार छ सय रुख कटान भएको छ ।
छोरीको सुनौलो भविष्य निर्माणका लागि यहाँको एक गाउँपालिकाले खातामा १० हजार रुपियाँ जम्मा गरिदिने गरेको छ ।
यहाँको चन्द्रागिरि नगरपालिका–५, भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ ।
देशको अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गर्नु परेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँमा गम्भीर प्रभावित परेको छ ।
गुल्मी तेक्वान्दो डोजाङको आयोजनामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही साउन १७ गते जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्डहलमा प्रतियोगीता सञ्चालन हुने आयोजकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।
डडेलधुरामा बैङ्किङ कसुरका मुद्दा बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १९० वटा मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या अघिल्लो आवको तुलनामा उल्लेख्य रूपमा बढी हो । प्रहरीको तथ्याङ्क अनुसार आव २०७९/८० मा ९९ वटा मुद्दा दर्ता भएका थिए भने आव २०८०/८१ मा १२० वटा मुद्दा थिए । दर्ता भएका १९० वटा मुद्दामध्ये १११ वटा मुद्दा फस्र्योट भइसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनु
स्याङ्जाको बिरुवा गाउँपालिका–५, किचनासकी एकल महिला नानीमाया विकले घर उपहार पाउनुभएको छ । नेपाली कांग्रेस बिरुवा गाउँपालिकाले तरुणदल, नेविसंघ लगायतसँगको सहकार्यमा नयाँ घर निर्माण गरेर विकलाई हस्तान्तरण गरेको हो ।
पश्चिम सुर्खेतमा निर्माण भइरहेको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे खण्डमा रुख कटानको अनुमति प्राप्त भएको छ । यो अनुमतिले बर्सौंदेखि अल्झिएको निर्माण कार्यले गति लिने आशा जगाएको छ ।