संयुक्त राष्ट्रसङ्घले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको पुष्टि गरिएको छ ।
दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।
इरानको दक्षिणपूर्वी सिस्तान-बलोचिस्तान प्रान्तको राजधानी जाहेदानमा शनिबार न्यायालय भवनमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच सर्वसाधारण र तीन आक्रमणकारी रहेका छन् ।
फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ ।
पुल निर्माणकै क्रममा निर्माण कम्पनीले पुल निर्माण पहिलेको कजवे भत्काएर त्यहाँ पिलर ठडाए । पिलर त ठडियो, तर बालुवा टोलका बासिन्दाको मन भत्कियो ।
पेरुको मध्य क्षेत्र जुनिनमा एक बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यम ला रिपब्लिकाले जानकारी दिएको छ ।
युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसङ्ख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ ।
तेक्वान्दो खेल प्रशिक्षक तथा पाँचौं डान रोहिन्द्र विक्रम खड्का नेतृत्वमा राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपाल सिन्धुपाल्चोक जिल्ला सङ्गगठन भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पानी नपर्दा किसानहरू मारमा परेको बताउँदै सिँचाइ सुविधा विस्तारका लागि सङ्घीय सरकारसँग विशेष कार्यक्रम ल्याउन माग गर्ने बताउनुभएको छ ।
जिल्ला तेक्वान्दो सङ्घ काठमाडौँले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४०) मा सहभागी हुने पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
लामो समयदेखि वर्षा नहुँदा चन्द्र नहरमा पानी नदिँदा सप्तरीका हजारौं किसान धान रोपाइँबाट बन्चित भएका छन् ।
देशको अन्न भण्डारको रूपमा परिचित मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गरिरहेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।
नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार डुबेर बेपत्ता भएका भारतीय युवकको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनु भयो ।
उच्च हिमाल भेग उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा दाउराको विकल्पमा गुइँठा बाल्ने गरिन्थ्यो । हिजोआज गुइँठा पाइन छाडेपछि गाउँपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ । धुवाँ रहित पालिका बनाउने अभियानसाथ पालिकावासीको चुल्हो धुवाँरहित मात्र नभएर सहज बनाउनका लागि चुल्हो वितरण गरेको जनाएको छ ।