स्वर्गीय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘मधुकर’ को ९० औँ जन्मजयन्तीका अवसरमा शनिबार प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आइतबार अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।
मनोवैज्ञानिक कथामा निर्माण भएको चलचित्र ‘दी ब्ल्यु लाइट’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा मनोवैज्ञानिक तनावमा रहेका पात्रलाई देखाइएको छ ।
आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार मेनुका प्रधान र आशान्त शर्माको अभिनय देख्न सकिन्छ । गायिका सलिना बिकेको आवाज रहेको गीतमा नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर रहेको छ ।
हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर पानवाला’ यस वर्षको ‘गाईजात्रा’ लाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ ल्याउनुभएको छ ।
‘माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु छल्दी फाँटैमा’ यो गीत वरिष्ठ लोक गायक बमबहादुर कार्कीले गायका हुन् । जिल्लाका खेतीयोग्य जमिनमध्ये गनिने इस्मा गाउँपालिका–२ को छल्दीफाँट हो ।
आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।
बाँकेमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा विकास बजेट खर्चमा करिब तीन अर्ब रुपियाँले वृद्धि भएको छ ।
गुल्मीमा हावाबाट विद्युत् निकाल्ने गरी तयारी गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–७, अर्जुनडाँडाबाट विद्युत् निकाल्ने गरी तयारी गरिएको वडाध्यक्ष रामजी पन्थीले जानकारी दिनुभयो । पन्थीको अगुवाइमा वडास्थित सर्वपक्षीय बैठकले एक सय किलोवाट क्षमताको हावा ऊर्जा परियोजना स्थापना गर्ने तयारी सुरु गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकबाट एक वर्षमा धानचामल खरिदका लागि ४० अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा धानचामलका लागि ठुलो रकम बाहिरिएको हो ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सिन्धुपाल्चोकको चौतारा अस्पतालबिच स्याटेलाइट क्लिनिक सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतका घटना कर्णाली प्रदेशभन्दा बागमती प्रदेशमा धेरै भएका छन् । जातीय विभेद गर्ने सवालमा बागमती प्रदेश कोशी, लुम्बिनी र गण्डकीभन्दा पनि अगाडि देखिएको छ ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ मा ब्रिटिस गोर्खा र निजका सन्तानलाई नेपाली वंशजको नागरिकता कायम राख्नुपर्ने संशोधन प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा सो विधेयक विचाराधीन अवस्थामा छ ।