• ११ साउन २०८२, आइतबार

‘दी ब्ल्यु लाइट’ को पोस्टर सार्वजनिक

blog

काठमाडौँ, साउन ११ गते । मनोवैज्ञानिक कथामा निर्माण भएको चलचित्र ‘दी ब्ल्यु लाइट’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा मनोवैज्ञानिक तनावमा रहेका पात्रलाई देखाइएको छ । 

चलचित्रमा मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । पहिलो झलकमा बेनिशासँगै अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा देखिन्छन् । चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नुभएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी र बाल कलाकार ग्रिष्मा कटुवालको अभिनय रहेको छ ।