नेपाल सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा सुचिकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार मिर्नाणसँगै आम्दानीमा वृद्धि भएको छ ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ ।
भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।
छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका काम गर्दा दलीय र राजनीतिक चिन्तनभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको आइतबार देवघाटमा अन्तिम संस्कार गरिँदै छ । सालिन र निष्ठावन नेताको पहिचान बनाउनुभएका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ वजे निधन भएको थियो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी आस्था र विश्वासको केन्द्र हो ।
स्याङ्जा–तनहुँ जोड्ने बाडखोला–पौवेगौडे–टक्सार–दुलेगौडा सडकअन्तर्गत पर्ने पौवेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।
आजभोलि बाह्य तथा आन्तरिकसमेतका विविध कारणले प्राकृतिक प्रकोप र विपत्तिका थरीथरीका घटना भइरहेका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गर्नुभएको छ ।
कुरो २०४० देखि २०४५ सम्मको हो । जति बेला हामी ‘दुई मात्र सन्तान : ईश्वरको वरदान’ अथवा हामी दुई हाम्रा दुई भन्ने नारा लगाउँदै मुलुकका विभिन्न भागमा पुग्थ्यौँ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं २ छोसेरका ८८ वर्षीया टसी गुरूङले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउनुभयो । बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा निकै सास्ती भोग्नुपरेको अवस्थामा घरदैलोमै भत्ता लिएर जनप्रतिनिधि आएपछि वृद्ध टसी फुरूङ्ग हुनुहुन्छ ।
यतिखेर नेकपा (एमाले) मा अकल्पनीय ढङ्गले नेतृत्वको विषय पेचिलो बनाइएको छ । जबकि एमालेमा न पार्टीसत्ता हस्तान्तरणको समय छ, न त पार्टीमा काम गर्ने नेताको अभाव नै । पार्टी महाधिवेशन तोकिएको छैन । तोकिएपछि उमेर र अनुभव पुगेका नेताले गर्ने रहर स्वाभाविक हो ।
नेपालको संविधानमा सङ्घीय शासनप्रणालीलाई कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध, सहकार्य, सहअस्तित्व र सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । सङ्घीयता कार्यान्वयनमा के कति समन्वय र सहकार्य भयो भन्ने प्रश्न महत्वपूर्ण छ ।
झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् ।