नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो ।
कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ ।
खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।
“तँ मर्ने हो, लक्ष्मी ?” “नाइँ, म मर्दिनँ, आफ्नो इच्छामा पनि मर्न पाइन्छ र प्रभु ?” “तँ सिरियस बिरामी परेको सूचना हामीकहाँ आइपुग्यो । त्यसैले हामी सोधखोज गर्दै आएका हौँ ।” लामा लामा सिङ भएको
जातजाति, धर्म, समुदाय र अर्थ राजनीति प्रणाली अनुसार विभिन्न देश र समाजमा भूमिलाई हेर्ने आआफ्नै दृष्टिकोण छन् ।
पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
रौतहटमा निर्माण सुरु भई अलपत्र अवस्थामा रहेका विभिन्न स्थानका एक दर्जन पक्की पुलमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनि
पश्चिम नवलपरासीको महेशपुर–परासी–सुनवल सडक स्तरोन्नति परियोजनामा भइरहेको चरम ढिलाइले स्थानीय बासिन्दालाई ठुलो सास्ती दिएको छ ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।
झापामा एक वर्षमा मानव–हात्ती द्वन्द्वमा परी छ जना मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१ /८२ मा जिल्लामा हातीको आव्रmमणमा परी छ जनाले ज्यान गुमाएका हुन् ।
दार्चुलाका नौ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले भूउपयोग क्षेत्र वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् ।
गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।