• ११ साउन २०८२, आइतबार

हात्तीको आक्रमणबाट एक वर्षमा मारिए छ जना

blog

झापाको शिवसताक्षी नगरपालिकामा बिजुलीको पोलबाट करेन्ट प्रवाह भई मृत हात्ती ।तस्बिर : लीलाराज खड्का

बिर्तामोड समाचारदाता  

बिर्तामोड, साउन ११ गते  । झापामा एक वर्षमा मानव–हात्ती द्वन्द्वमा परी छ जना मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएका छन् ।  डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१ /८२ मा जिल्लामा हातीको आव्रmमणमा परी छ जनाले ज्यान गुमाएका हुन् । 

उनीहरूलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीले पनि क्षति बेहोरिरहेका छन् । एक वर्षमा चार वटा हात्तीको विभिन्न कारणले मृत्यु भएको छ ।

हात्तीको आव्रmमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरूलाई उपचार खर्चबापत सात लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो । त्यस्तै हात्तीले १२५ वटा घरगोठमा क्षति पु¥याएको छ । घर भत्किएका पीडितलाई १४ लाख २६ हजार पाँच रुपयाँ राहत प्रदान गरिएको छ । त्यस्तै २१३ जना किसानको अन्नबाली हात्तीले नष्ट गर्दा उनीहरूले १६ लाख ४४ हजार रुपियाँ राहत पाएका छन् । त्यस्तै ५२ जनाको भण्डारण गरिएको अन्न हात्तीले क्षति गर्दा उनीहरूलाई तीन लाख ७० हजार तीन सय रुपियाँ राहत प्रदान गरिएको छ ।  

हात्तीबाट नौ वटा चौपायामा समेत क्षति पुगेको छ । त्यसबापत ९० हजार रुपियाँ प्रदान गरिएको छ । गत वर्ष जङ्गली हात्तीबाट भएको जनधनको क्षतिबापत जम्मा छ करोड ४२ लाख ६९ हजार २३२ रुपियाँ राहत प्रदान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

झापामा लामो समयदेखि मानव–हात्ती द्वन्द्वले करौडाँैको भौतिक संरचना र कृषकको अन्नबाली नष्ट गर्नुका साथै यस अवधिमा दर्जनाँै हात्ती र मानिसको समेत मृत्यु भइसकेको छ ।