मकवानपुरको कैलाश गाउँपालिकामा भौगोलिक विकटता र सचेतनाको अभावका कारण घरैमा सुत्केरी गराउनेको सङ्ख्यामा न्यूनीकरण हुन सकेको छैन । जसले गर्दा आमा र
उत्तरदक्षिण जोड्ने कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सक्ने भन्दै प्रदेश सरकार त्यसतर्फ अग्रसर रहेको उल्लेख गर्नुभयो ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपाने किसानको भोग्नु परेको समस्याबारेमा जानकारी लिन किसानको बारीमा पुग्नुभएको छ ।
सिमकोट गाउँपालिका–८, याङ्गुगाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । छ वर्षदेखि छाउगोठमा बस्दै आएका उहाँको शनिबार उद्धार गरेर जिल्ला अस्पताल हुम्ला ल्याइएको हो ।
खडेरीका कारण सर्लाही जिल्लामा जताततै चापाकल सुक्ने समस्या बढेको छ । खानेपानीको प्रमुख स्रोत रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय थप मारमा परेका छन् ।
मुगुको ताल्चा विमानस्थलमा वर्षाको पानी बग्ने निकास व्यवस्थापन नहुँदा प्रत्येक वर्ष करिब चार सय घरधुरीको बिचल्ली हुने गरेको छ ।
निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् ।
लामो समयदेखि विवादमा रहेको रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ मा पर्ने रुकुमकोट तोकिएको छ । बुधबार बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोट तोकेको हो ।
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा आइतबार तीज मनाइँदै छ । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् ।
नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिबारे जानकारी गराउनुभयो ।
गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्नुभएको थियो ।
मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।
मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ ।
स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।