• ११ साउन २०८२, आइतबार

सुत्केरी गराउन आफैँ बोकेर लैजान्छन् स्वास्थ्य संस्थामा

blog

मकवानपुरको कैलाश गाउँपालिका–७, ताम्लाङस्थित ङिको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गर्भवतीलाई सुत्केरी गराउन स्ट्रेचरमा बोकेर लैजाँदै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, साउन १० गते  । मकवानपुरको कैलाश गाउँपालिकामा भौगोलिक विकटता र सचेतनाको अभावका कारण घरैमा सुत्केरी गराउनेको सङ्ख्यामा न्यूनीकरण हुन सकेको छैन । जसले गर्दा आमा र शिशुको स्वास्थ्य अवस्था चुनौतीपूर्ण बन्दै आएको छ । 

घरमा सुत्केरी गराउँदा आमा र शिशुको जीवन जोखिमपूर्ण बन्दै गएपछि कैलाश गाउँपालिकाले ‘होम डेलिभरी शून्य अभियान’ सञ्चालन गरेको छ । यो अभियान सञ्चालन गरेको पालिकाका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी आफैँले बोकेर गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने गरेका छन् । 

घरैमा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्यमा जोखिम आउने भएपछि मकवानपुरको कैलाश गाउँपालिका–७, ताम्लाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी आफैँले स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पु-याएर सुत्केरी गराउन थालेका हुन् । ङिको स्वास्थ्य चौकीका अहेव बबिता प्रजा र अनमी सनम चौधरीले स्थानीयसँगको समन्वयमा स्ट्रेचरमा बोकेर पैदलै लैजाने गरेको बताउनुभयो । स्वास्थ्य चौकीबाट एक घण्टाको दुरीमा रहेको कैलाश गाउँपालिका–७ स्थित भारबाङकी एक गर्भवतीलाई स्वास्थ्य चौकीमा ल्याएर सुत्केरी सुरक्षित तवरले सुत्केरी गराएको प्रजाले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीका अहेव बबिता प्रजाले गर्भवती मीना शाही चेपाङलाई गाह्रो भएको खबर आएपछि आफूहरूले स्ट्रेचरमा बोकेर ल्याएर सुत्केरी गराएर पठाएको बताउनुभयो । २१ वर्षीय मीनाको परिवारमा स्वास्थ्य संस्थासम्म पु¥याउन कोही नभएपछि गर्भवतीलाई आफैँले लैजान बाध्य भएको उहाँले बताउनुभयो । “गाह्रो भइसक्यो, स्वास्थ्यकर्मी आउनु प-यो भनेर बिहीबार बिहान ५ नै बजे फोन आयो,” बबिताले भन्नुभयो, “घरमा सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुन्छ ।  स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन पर्छ भनेर हामीले सुझायौँ ।” 

प्रजाले भन्नुभयो, “मीनाको परिवारले बोकेर स्वास्थ्य चौकी पु¥याउन घरमा कोही नभएको भनेपछि हामी आफैँले स्ट्रेचरमा बोकेर सुत्केरी गराएर पठायौँ ।” अहेब बबिताका अनुसार अध्ययन, रोजगारीलगायतका कामले गाउँघरमा पुरुष नबस्ने भएपछि स्वास्थ्यकर्मी आफैँले गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने अवस्था आएको हो । 

कैलाश गाउँपालिका–७ पालिकामा सबैभन्दा बढी घरमै सुत्केरी गराउने वडामध्येको एक हो । वडाध्यक्ष उदास तामाङले वडासँगै गाउँपालिकामा 

‘होम डेलिभरी शून्य अभियान’ सञ्चालनमा रहेको बताउनुभयो । अभियानले आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पु¥याएको उल्लेख गर्नुभयो । गर्भवती महिलालाई पोषक सामग्रीसँगै सुत्केरी गराउन जाँदा एम्बुलेन्स सेवा निःशुल्क व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

यस्तै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले ‘होम डेलिभरीको अवस्था शून्य’ मा झार्न पालिकाले गर्भवती महिलालाई लक्षित गरी प्रोत्साहन र सचेतनामूलक कार्यव्रmम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । नयाँ व्यवस्था अनुसार गर्भवतीको स्वास्थ्य परीक्षण आठ पटक गर्नुपर्ने र स्वास्थ्यकर्मी घरमा छ पटक पुग्नुपर्ने व्यवस्था रहेको छ । सुत्केरी भएपछि आमा र शिशुको अवस्थाबारे बुझ्न र आवश्यक स्वास्थ्य परामर्श दिन पनि स्वास्थ्यकर्मी चार पटक सुत्केरी महिलाको घरमा जाने गरेका छन् । ‘होम डेलिभरी शून्य अभियान’ अन्तर्गत हरेक महिनाको २४ गते भिडियो  एक्सरे गर्ने व्यवस्थासमेत पालिकाभित्रका स्वास्थ्य संस्थाले गरेका छन् । 

ङिको स्वास्थ्य चौकीमा गत आवमा १६ जनाको पूर्ण सुरक्षित सुत्केरी गराइएको थियो । अहेव बबिताले चेतनाको अभावमा घरमा नै असुरक्षित सुत्केरी गराउने प्रचलन गाउँघरमा अझै रहेकाले त्यसलाई शून्यमा झार्न चुनौतीपूर्ण रहेको बताउनुभयो ।