• ११ साउन २०८२, आइतबार

किसानलाई सहयोग र हौंसला प्रदान गर्छौं : मन्त्री न्यौपाने

blog

किसानको बारी अबलोकन गर्नुहुँदै सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन ११ गते ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपाने किसानको भोग्नु परेको समस्याबारेमा जानकारी लिन किसानको बारीमा पुग्नुभएको छ । गृह जिल्ला तनहुँ आउनु भएकी मन्त्री न्यौपाने व्यास नगरपालिका–५ ढोडेनीमा किसान कल्पना गौलीको माँ अम्बे अलौकिक कृषि फर्मको आइतबार अवलोकन  गर्नुभएका हो ।

सो अवसरमा मन्त्री न्यौपानेले सरकार किसानलाई सहयोग र हौंसला प्रदान गर्न प्रतिबद्धत रहेको बताउनुभयो । सरकारले किसानले भन्नु परेको समस्या समाधान गर्न खडेरी लगायतले पीडामा परेकालाई त्यस सम्बन्धि बजेट बजेट व्यवस्था किसान मैत्री बन्ने उहाँको भनाइ थियो । महिला उद्यमी कल्पना गौलीले माँ बम्बे अलौकिक कृषि फार्ममा ड्रागन फ्रट लगायत धेरै थरिका उत्पादनहरु देख्न पाउँदा अत्यन्तै खुशी लागेको मन्त्री न्यौपानेले बताउनुभयो ।

गौलीको उद्यमशिलता सबै महिलाहरुका लागि प्रेरणाका स्रोत भएको मन्त्री न्यौपानेको भनाइ रहेको थियो । मन्त्री न्यौपानेले भन्नुभयो, ‘‘कठोर मेहनत र परिश्रमवाट आत्मनिर्भर हुन सम्भव छ भन्ने सन्देश दिन सक्नु भएको, उहाँको पौरख र मेहनतलाइ हामी सर्वले साथ समर्थन र हौंसला प्रदान गर्न जरुरी छ ।’’


देशभित्र पनि उत्पादनका क्षेत्रहरु प्रशस्त छन् र हरेक महिलाहर आत्मनिर्भर बन्न सक्दछन् भन्ने उदाहरण गौली प्रस्तुत गरेको भन्दै मन्त्री न्यौपानेले प्रशंसा गर्नुभएको थियो । हामी आत्मनिर्भर वन्न सन्दछन भन्ने विश्वास जगाउन किसान गौलीले सकेको उहाँको भनाइ थियो । मन्त्री न्यौपानेले भन्नुभयो, ‘‘गौलीको मेहनत प्रति हृदयको गहिराई दोख सम्मान प्रकट गर्न चाहन्छु यसरी कर्म गर्ने हो भने देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’’

किसान गौलीले विषादी प्रयोगमा सरकारले प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो । विकल्पमा जैविक विषादीहरु प्रयोग गर्न सकिने गौलीले बताउनुभयो । गौलीले भन्नुभयो, ‘‘मैलै रासायनिक विषादी र मलको प्रयोग नगरीकन राम्रो उत्पादन गर्न सफल भएको छु जैविक विषादीबाटै रोग र किरा नियन्त्रणमा लिन सकिन्छ ।’’

व्यावसायिक किसानहरुलाई बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किसानलाई निकै छटपटाहट हुने गरेको बेला किसान गौली पाङ्गरिक मल र जैबिक विषादीको प्रयोग गरेर उत्पादन बढाइरहनु भएको छ  । उहाँले लगाउनु भएको फलफूल तथा तरकारी खेतीमा रासायनिक विषादीबिना पनि उत्पादन सम्भव छ भन्ने उदाहरण पेस गरिरहनुभएको छ ।


प्राङ्गारिक खेतीबाट लगानी उठाउन कुनै गाह्रो नपर्ने किसान गौलीको भनाइ छ । गोबर मल, घाँसपात कुहाएर बनाएको मल प्रयोग गर्ने गरेको र फलफूल तथा तरकारीमा लाग्ने किरा तथा फट्याङ्ग्रा हटाउन गाईको मुत्र, तितेपानी, काँजोपात, असुरोको पात मिसाएर बनाएको झोलबाट नियन्त्रण गर्न सकिएको गौलीले बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष गौलीले जग्गा भाडामा लिएर विषादी रहित खेती गरिरहनु भएको छ । भन्नुभयो, ‘‘विषादीले मानव स्वास्थ्य, वातावरण, जैविक विविधता, माटो आदिलाई असर पार्ने भएकाले पाङ्गरिक तरिकाबाट खेती गरको हुँ ।’’